विद्युत प्राधिकरणमा ज्यालादारी कर्मचारीलाई दिँदै आएको सुविधालाई निरन्तरता दिन निर्देशन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएको छ ।कोभिड १९ को सक्रमण पछि ज्यालादारी कर्मचारीले पाउने सेवा सुविधा नपाएको भन्ने गुनासो बढ्न थालेपछि प्राधिकरणले अतिरिक्त सेवा सुविधा निरन्तर गर्न परिपत्र गरेको छ ।
२०७५ भदौ १७ गतेको निर्णयअनुसार प्रत्येक दिनको नियमअनुसार तोकिए बमोजिम ज्याला दिने, कामको प्रकृति अनुसार सिफ्टमा लगाइएको सिफ्ट भत्ता, ओभरटाइम काम गर्नेलाई आभरटाइम भत्ता, कामको शिलशिलामा अन्य कार्यालयमा पठाउँनुपर्ने भए भ्रमण खर्च, प्राधिकरणको कामको शिलशिलामा दुर्घटनामा परेर घाइते भएको भए सम्पूर्ण उपचार खर्च र निर्माणाधीन आयोजनाको सेयर खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।
कुलमान घिसिङ कार्यकारी निर्देशक भएको बेला यो सुविधा लागू गरिएको थियो । तर, पछिल्लो समय सो सुविधाबाट बञ्चित भएको गुनासो आउन थालेपछि प्राधिकरणले सोही अनुसारको सेवा सुविधा दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण