६ दर्जन बढी कलाकर्मीलाई सम्मान र अवार्ड
काठमाडौं । करिब ६ दर्जन बढी कलाकर्मी अवार्ड तथा पुरस्कारबाट सम्मानित भएका छन् । पावर ईन्टरनेशनल मिडियाले शनिबार राजधानीमा आयोजना गरेको ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२०’मा कलाकर्मी तथा उनीहरुको श्रृजनालाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको हो ।
ठमेल स्थित भोजन भूमिमा आयोजना भएको अवार्डमा सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङ, बिशिष्ट संगीतकार शम्भूजित बास्कोटा, सुदूर पश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसे, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, कलकार उत्तम केसी, गीतकार शान्ती प्रिय लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कुल ५२ विधामा ७१ कलाकर्मीले अवार्ड थापेका थिए । अवार्ड लिनेमा बरिष्ठ गायक प्रेमध्वज प्रधान, मोहन निरौला, कुलेन्द्र वि.क., वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, सनम कठायत, चक्र वम, सानु बाबु महर्जन, केञ्जुमा सुव्वा, राज कुमार वगर, टिका बम्जनलगायत रहेका थिए ।
नेपाली वाहेक १३ अन्य भाषाका गीत संगीतलाई समेत अवार्ड दिइएको कार्यक्रममा ‘नेशनल पत्रकारिता पुरस्कार २०२०’ रातोपाटीकर्मी कुवेर गिरीलाई प्रदान गरिएको थियो । कार्यक्रममा गायक सिताराम पोखरेल, पत्रकार नवराज बजगाई (काभ्रे), पत्रकार शिव ढकाल (नुवकोट), पत्रकार सुजन विश्वकर्मा (पोखरा) र डब्बु क्षेत्री समेत सम्मानित भए ।
सोही अवसरमा भिडियो निर्देशक बविता वस्नेत, गायक शशीबिक्रम थापा समेत सम्मानित भएका थिए । कलाकर्मी र उनीहरुको श्रृजनालाई सम्मान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष माधव खरेलले बताए । अवार्ड आयोजक समितिको संयोजकमा कमला जोशी रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण