शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनले माफी मागे

सोमबार, १३ पुस २०७७, ०९ : ३२
सोमबार, १३ पुस २०७७

भारतीय फिल्म उद्योगमा महानायकका ख्याति पाएका अमिताभ बच्चनले एकजना फेसबुक प्रयोगकर्तासँग लिखित माफी मागेका छन् ।

आफ्नो फेसबुक  तथा ट्विटर ह्याण्डलबाट टिशा अग्रवाल नामकी एक महिलासँग अमिताभले माफी माग्नु परेको हो ।

प्रसंग केही दिन अघिको हो।  अमिताभले आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट एउटा कविता पोस्ट गरेका थिए । अमिताभको त्यो पोस्टको कविताले वाहवाही पायो। तर वाहवाहीको प्रसङ्ग चलिरहँदा नै टिशा अग्रवाल नामकी महिलाले उक्त कविता आफ्नो भएको दाबी गर्दै अमिताभले कविता पोस्ट गर्दा आफ्नो नाम उल्लेख नगरेको गुनासो पोखिन् । उक्त पोस्टले टिशा रातारात चर्चित भइन्।

टिशाको त्यो पोस्ट भाइरल बन्यो।  अमिताभ माथि अनेकौं आरोप लागे।  आरोप लाग्नुको प्रमुख कारण भने अमिताभले यसअघि आफ्ना पिताको कविताका निम्ति गरेको क्षुद्र व्यवहार थियो। अमिताभ पर्दाका नायक हुन् र उनको यस क्षुद्रताले उनी फगत पर्दाका नायक मात्रै हुन् भनेर प्रमाणित भएको धेरैले आरोप लगाए । धेरैले केही वर्ष अघिको कुरा पनि दोहोराए ।

केही वर्ष पहिलाको कुरा हो , भारतका रक स्टार कविका नामले विख्यात कुमार विश्वासले एउटा कार्यक्रममा हरिवंश राय बच्चनको केही काव्य पंक्ति  कवि प्रति सादर श्रद्धा भाव व्यक्त गर्दै प्रयोग गरेका थिए । अमिताभले आफ्नो बुवाको संपत्ति भनी कुमारलाई कपी राइट उल्लंघनको नोटिस पठाए । कुमारका अनुसार उनले त्यस कार्यक्रमबाट आम्दानी भएको १७ रुपैयाँको चेक अमिताभलाई पठाई दिए ।

तर यस घटनाले अमिताभको व्यापक निन्दा भयो।  यसरी नै अमिताभले एउटा ब्लगरलाई पनि  हरिवंश राय बच्चनको कविता उल्लेख गरे बापत कपी राइटको मुद्दा उठाएर दुःख दिएका थिए ।

हरिवंश राय बच्चन भारतका अति लोकप्रिय कवि थिए।  मधुशाला तथा उनका अन्य फुटकर कविता काव्यप्रेमीहरुको जिब्रो मै झुण्डिएका हुन्छन्। ‘है अंधेरी रात पर दीपक जलाना कब मना है’, ‘पूर्व चलने के बटोही, बाट की पहचान कर ले’, ‘जो बीत गई सो बात गई’ तथा मधुशालाको छन्द हिन्दी कविता प्रेमी जन सुमदायमा उखान कै माफिक प्रयोग हुन्छन् । 

आफ्नो बुवाको कविता कसैले नाम लिएर प्रयोग गर्दा कपी  राइट उल्लंघनको मुद्दा उठाउने अमिताभले अरु कसैको कविता नाम उल्लेख नगरी पोस्ट गर्नुले व्यापक चर्चा पायो ।

अंततः अमिताभले टिशा अग्रवालको नाम उल्लेख गर्दै यो कविता उनको भएको भनी सार्वजनिक रूपमै माफी मागेका छन।  टिशाको अमिताभले नाम उल्लेख नगरी प्रकाशित गरेको कविता यस्तो थियोः

थोड़ा पानी रंज का उबालिये

खूब सारा दूध ख़ुशियों का

थोड़ी पत्तियां ख़यालों की..

थोड़े गम को कूटकर बारीक,

हँसी की चीनी मिला दीजिये..

उबलने दीजिये ख़्वाबों को कुछ देर तक..

यह ज़िंदगी की चाय है जनाब..

इसे तसल्ली के कप में छानकर घूंट घूंट कर मज़ा लीजिये...!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप