सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छः वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको भरोसा अदालतसँग मात्र रहेको बताएका छन् । सोमबार काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । बरिष्ठ नेता पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए । उनले भने– ‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।’
नेता पौडेलले मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्नेमा जोड दिए । उनले संविधानमा संसद विघटनको व्यवस्था नभएको स्पष्ट पार्दै नेकपाको आन्तारिक विवादसँग जोडेर प्रधानमन्त्री ओलीले कदम चालेको र त्यसलाई राष्ट्रपतिले समर्थन गरेको आरोप लगाए । संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको भन्दै पौडेलले उनको आलोचना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण