मानहुँकोटमा प्रेमिकासँग रोमान्टिक सुनिल
मङ्गलबार, १४ पुस २०७७, १६ : १९
काठमाडौँ । लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । तनहुँको चर्चित पर्यटकीयस्थल मानहुँकोटमा छायाँंकन गरिएको भिडियोमा सुनिलले मोडल उर्मिला गुरुङसँग रोमान्स गरेका छन् । रोमान्टिक प्रेम कथा बुनिएको भिडियोमा सुनिल र उर्मिला प्रेमी प्रेमिकाको रुपमा प्रस्तुत भएका छन् ।
बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोका बिचमा गज्जबसँग खुलेका छन् । सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलकै निर्देशनमा छायाँकन रहेको भिडियो भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिवेक विकको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण