महोत्तरीमा सवारी दुर्घटना, १ बालकको मृत्यु
महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुदाँ एक बालकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ७ मा ना १ ज ३६०० नम्बरको भ्यान ब्याक गर्ने क्रममा सोही स्थानका मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार घाईते अवस्थामा रहेका बालकको उपचारका लागि जनकपुरस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १० स्थित लक्ष्मिनियाँमा अटो दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् । बुधबार दिउँसो ना १ ह ३०९७ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक ५२ वर्षीय गोविन्द रसाईली, अटोमा सवार लमजुङ बेसीशहरका ३० वर्षीय पुष्कर अधिकारी, २८ वर्षका सुमन अधिकारी, २१ वर्षीया सिमा अधिकारी, २८ बर्षीया मन्दिरा केसी घाईते भएका छन् । घाईतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण