मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कवितासँग दीलिपको रोमान्स

बिहीबार, १६ पुस २०७७, १० : ३७
बिहीबार, १६ पुस २०७७

काठमाडौं । अभिनेता दीलिप रायमाझी र कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र गायिका निता पुन मगरको स्वर रहेको गीतको  भिडियोमा प्रेमकथा बुनिएको छ ।

रमेश विजीको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन हेमन्तकै रहेको छ । कुमन नेपालीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा दीलिप र कविताको रोमान्स सुहाउदो देख्न सकिन्छ । करन चैसिरको छायाँकन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप