माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने
काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको निमाृण यसनिटले जनाएको छ ।
निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की देखिएका छन् ।
शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको फिल्मबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् ।
दीपेश सापकोटाको निर्देशन रहेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको हो । यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेको फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण