मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

मेचु र विकासको ‘पानी कलल’ सार्वजनिक

शुक्रबार, १७ पुस २०७७, १५ : ४८
शुक्रबार, १७ पुस २०७७

द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका दुई प्रतिस्पर्धी मेचु धिमाल र विकास लिम्बू संयुक्त रुपमा नयाँ गीत लिएर आएका छन् । उनीहरुले ‘पानी कलल’ बोलको पूर्वेली भाकाको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।   गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ ।

देवेश राईको एरेन्जमेन्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीतको भिडियोमा गायकद्वय मेचु र विकाश आफैँले अभिनय गरेका छन् । यसको निर्देशन पनि गायक मेचुले नै गरेका हुन् । भिडियोलाई पेटेर गुरुङले खिचेका हुन् भने विष्णुहरी तिमल्सिनाले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा राज पोखरेलले ड्रोन चलाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप