अझै कैटरीनाप्रति भुतुक्कै सलमान
एजेन्सी । बलिउडमा सुपरस्टारका रुपमा स्थापित अभिनेता सलमान खानको नाम अहिलेसम्म थुप्रै युवतीहरुसँग जोडिइसकेको छ । उनी अभिनेत्री ऐश्वर्या रायदेखि लिएर कैटरीना कैफसँग पनि प्रेमसम्बन्धमा थिए । उनको पछिल्लो समय कैटरीनासँग सम्बन्ध टुटेको थियो ।
सलमान र कैटरीनाले एकसाथ पार्टनर, युवराज र एक था टाइगरमा काम गरेका थिए । यी दुईको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । फिल्ममा काम गर्ने क्रममा नै उनीहरु एक अर्कासँग नजिकिएका थिए ।
तर उनीहरुको केही समयमा ब्रेकअप भयो । मिडिया रिपोर्टका अनुसार सलमानको रिसका कारण उनीहरुको ब्रेकअप भएको थियो । ब्रेकअपपछि पनि सलमान र कैटरीना एक अर्काको असल साथी हुन् ।
यसैबीच, सलमान खानले द कपिल शर्मा शोमा अझै पनि कैटरीनाको फोटोहरु जुम गर्दै हेर्ने गरेको खुलाएका छन् । उनी कैटरीनालाई फलो गरिरहने र उनका फोटोहरु हेर्ने गरेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण