शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

केनलाई भित्र्याउने सिटीको तयारी

शनिबार, १८ पुस २०७७, १४ : १२
शनिबार, १८ पुस २०७७

म्यान्चेस्टर सिटीले टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनलाई अनुबन्ध गर्ने तयारी गरेको मिडिया रिपोर्टहरु प्रकाशित भएका छन् । अर्को सिजन केनका लागि सिटीले ९ करोड पाउन्डको अफर गर्ने तयारी थालेको समाचारमा बताइएको छ । सर्जियो अगुएरोको विकल्पका रुपमा इंग्ल्याण्डका कप्तानलाई भित्र्याउनका लागि पेप ग्वार्डिओलाले मूल्यांकन गरिरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो ६ सिजनमा सबै प्रतियोगितामा केन लगातार २० वा सोभन्दा बढी गोल गर्दै आइरहेका छन् । यसक्रममा उनले दुईवटा गोल्डन बुटको अवार्ड पनि जितिसकेका छन् । यो सिजन पनि टोटनह्यामको उत्कृष्ट प्रदर्शनमा केन र सन ह्युङ–मिनको ठूलो योगदान रहेको छ ।

यो सिजन जोसे मोरिन्होको नेतृत्वमा केनले १५ लिग खेलमा ९ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरिसकेका छन् । केनको उत्कृष्ट प्रदर्शनका बावजुद उनले हालसम्म कुनै पनि उपाधि जित्न सकेका छैनन् । त्यसैले सिटीको अफर आए उनी त्यसप्रति आकर्षित हुन सक्ने अपेक्षा गरिएको छ ।

जर्मन पत्रिका बिल्डका अनुसार ग्वार्डिओला केनलाई इतिहादमा भित्र्याउन इच्छुक छन् । सिटीलाई एकजना स्ट्राइकरको आवश्यकता देखिएको छ । लामो समय क्लबमा बिताएका सर्जियो अगुएरोले क्लबका लागि ३७८ खेलमा २५६ गोल गरेका छन् । यद्यपि, पछिल्लो समय ३२ खेलाडी चोटको मारमा परिरहेका छन् । केनलाई अगुएरोको सम्भावित उत्तराधिकारीका रुपमा हेरिएको छ ।

गत मार्चमा मात्र केनले क्लबको अवस्थामा सुधार नआए नयाँ विकल्पको बारेमा सोच्न सकिने बताएका थिए ।

डेली मेलबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप