केनलाई भित्र्याउने सिटीको तयारी
म्यान्चेस्टर सिटीले टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनलाई अनुबन्ध गर्ने तयारी गरेको मिडिया रिपोर्टहरु प्रकाशित भएका छन् । अर्को सिजन केनका लागि सिटीले ९ करोड पाउन्डको अफर गर्ने तयारी थालेको समाचारमा बताइएको छ । सर्जियो अगुएरोको विकल्पका रुपमा इंग्ल्याण्डका कप्तानलाई भित्र्याउनका लागि पेप ग्वार्डिओलाले मूल्यांकन गरिरहेको समाचारमा उल्लेख छ ।
पछिल्लो ६ सिजनमा सबै प्रतियोगितामा केन लगातार २० वा सोभन्दा बढी गोल गर्दै आइरहेका छन् । यसक्रममा उनले दुईवटा गोल्डन बुटको अवार्ड पनि जितिसकेका छन् । यो सिजन पनि टोटनह्यामको उत्कृष्ट प्रदर्शनमा केन र सन ह्युङ–मिनको ठूलो योगदान रहेको छ ।
यो सिजन जोसे मोरिन्होको नेतृत्वमा केनले १५ लिग खेलमा ९ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरिसकेका छन् । केनको उत्कृष्ट प्रदर्शनका बावजुद उनले हालसम्म कुनै पनि उपाधि जित्न सकेका छैनन् । त्यसैले सिटीको अफर आए उनी त्यसप्रति आकर्षित हुन सक्ने अपेक्षा गरिएको छ ।
जर्मन पत्रिका बिल्डका अनुसार ग्वार्डिओला केनलाई इतिहादमा भित्र्याउन इच्छुक छन् । सिटीलाई एकजना स्ट्राइकरको आवश्यकता देखिएको छ । लामो समय क्लबमा बिताएका सर्जियो अगुएरोले क्लबका लागि ३७८ खेलमा २५६ गोल गरेका छन् । यद्यपि, पछिल्लो समय ३२ खेलाडी चोटको मारमा परिरहेका छन् । केनलाई अगुएरोको सम्भावित उत्तराधिकारीका रुपमा हेरिएको छ ।
गत मार्चमा मात्र केनले क्लबको अवस्थामा सुधार नआए नयाँ विकल्पको बारेमा सोच्न सकिने बताएका थिए ।
डेली मेलबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण