आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्छः रघुजी पन्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडी बढाउने बताएका हुन् ।
पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनस्र्थापना बाहेक केही हुन नसक्ने उनले बताए ।
संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाई छ । स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड-माधव पक्षसँग भएको, बहुमत भएको, सूर्य चिन्ह आफुहरुले पाउने, संसद पुनस्र्थापना हुने र नेकपाको सम्पति आफुहरुको हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण