इरानको आणविक सम्झौता जोगाउन ईयूको यस्तो तयारी
एजेन्सी । युरोपेली संघ (ईयू) ले मंगलबार ईरान आणविक सम्झौतालाई भङ्ग हुन नदिन आफ्नो प्रयासलाई ‘दोब्बर पार्ने’ प्रतिबद्धता दोहोर्याएको छ । तेहरानले युरेनियम प्रशोधन प्रक्रियालाई बढाएर २० प्रतिशत पुर्याउन थालेको संयुक्त राष्ट्र सङ्घीय आणविक हतियार नियमनकारी संस्था बताएपछि ईयूले इरानलाई सन् २०१५ मा भएको आणविक सम्झौतालाई भङ्ग नगरोस् भनी आफ्नो कुटनीतिक प्रयासलाई दोब्बर गर्ने बताएको हो ।
ईयूका प्रवक्ता पीटर स्टानोले भने, “इयूले इरानले उठाएको कदमलाई ‘गहिरो चिन्तासहित’ ध्यान दिएको छ । “हामी सम्झौतालाई जोगाउनका लागि हाम्रो प्रयासलाई दोब्बर पार्नेछौं र सबै पक्षले आणविक सम्झौताको पूर्ण कार्यान्वयनका लागि मध्यस्थता गर्नेछौँ,” उनले भने ।
इरानसँगसंयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, रुस, चीन र बेलायतले आणविक सम्झौता गरेका थिए । अमेरिकाले सो सम्झौताबाट हात झिकेको घोषणा गरिसकेको छ भने इरानले पनि सम्झौता आफ्नो अधिकार कटौती गर्न मात्र लागू हुन नसक्ने भन्दै यूरेनियम प्रशोधन र भण्डारणलाई बढाउन थालेको छ ।
बाँकी राष्ट्र भने सो सम्झौतामा अडिग रहेका छन् । इरानले सम्झौताका बाँकी पक्षधर राष्ट्रलाई आफूहरुले सन् २०१५ को आणविक सम्झौताका केही अंशलाई निलम्बन गरेको एक वर्ष पहिले नै जानकारी गराएको बताउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण