कोरोना महामारीको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ अत्यधिक निराश
विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि रोष प्रकट गर्दै आफूहरु यसका कारण अत्यधिक निराश भएको बताएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनम गिब्रयेससले मंगलबार यसबारे कुरा गर्दै भनेका छन्, ‘हामीहरु निकै निराश छौं किनभने चीनले अहिलेसम्म पनि कोरोना महामारीको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको समूहलाई अहिलेसम्म देशमा आउन अनुमति दिएको छैन ।’
जनवरीको सुरुवातमा नै विशेषज्ञको समूह एक वर्ष अघि कोरोना संक्रमण कसरी सुरु भएको थियो, यसबारे पत्ता लगाउनका लागि ऊहान जाने तयारीमा थियो ।
जिनेवामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीले थाहा पाएका छौं कि चिनियाँ अधिकारीले अहिलेसम्म त्यहाँ पुग्न समूहका लागि आवश्यकत अनुमतिमा सहमति दिएको छेन । म लगातार चीनका वरिष्ठ अधिकारीको सम्पर्कमा रहँदै आएको छ र मैले स्पष्ट रुपमा भनिसकेको छु कि मिशन डब्ल्यूएचओका लागि प्राथमिकतामा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण