दीपिकाका लागि रणवीरले राखे जन्मदिनको पार्टी, रणबीर–आलिया सरिक
बुधबार, २२ पुस २०७७, ०९ : ००
बलिउड अभिनेत्री दीपिका पादुकोणले मंगलार आफ्नो ३५ औं जन्मदिन मनाइन् । बलिउड सेलिब्रिटी र उनका प्रशंसकले उनलाई सोसल मिडियामा जन्मदिनको शुभकामना दिइरहेका छन् । यो विशेष मौकामा दीपिकाले मुम्बईको रेष्टुरेन्टमा डिनर पार्टीको आयोजना गरिन् । यसका केही तस्बिर सार्वजनिक भएका छन् ।
उनको यो डिनर पार्टीमा बलिउडका चर्चित सेलिब्रिटीको उपस्थिती रह्यो । पार्टीमा रणबीर कपुर, आलिया भट्ट र उनकी बहिनी शाहिनको पनि उपस्थिती रह्यो । यी तस्बिरमा आलिया भट्ट कालो पहिरनमा देखिएकी छिन् ।
रणबीरको सिंगल फोटो पनि सार्वजनिक भएको छ । यसमा उनले सेतो सर्ट र कालो जिन्स लगाएका छन् । उनीहरुले आफ्नो पहिरनसँग मेल खाने कालो मास्क पनि लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
-
बालेनको चाहना : ‘गुरागाईँ बैठकमा नआइदिएहुन्थ्यो’
-
कैलालीको कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगायो
-
रोशी खोलाको बाढीमा फस्यो जेसीबी र टिपर, ५ जनाको उद्धार
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची