ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, आठ एप्समाथि प्रतिबन्ध
बुधबार, २२ पुस २०७७, १९ : ३३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद छाड्नुअघि चिनियाँ कम्पनीको लगानी ८ वटा एप्समाथि प्रतिबन्ध लगाइदिएका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी मालिकनाका ८ वटा एप्समाथि प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । प्रतिबन्धित एप्सहरुमा वी च्याट, अली पे लगायत रहेका छन् ।
राष्ट्रपति ट्रम्पले प्रतिबन्ध लगाइएका एप्सहरुमार्फत राष्ट्रिय सुरक्षामा खतरा बढेको आरोप लगाएका छन् । ट्रम्पले जारी गरेको आदेशमा प्रतिबन्ध लगाइएका एप्सहरु ४५ दिनपछि बन्द हुनेछन् । प्रतिबन्ध गरिएका एप्सहरुमा अली पे, टेनसेंट क्यूक्यू, वीमैट, वी च्याट पे, डब्लुपिएस अफिस रहेका छन् । अगष्टमा पनि ट्रम्प प्रशासनले चिनियाँ कम्पनीका केही एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा
-
शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : जनार्दन शर्मा
-
महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता
-
एआईले बनाएको आफ्नो पोप अवतारबारे के भन्छन् ट्रम्प ?