ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, आठ एप्समाथि प्रतिबन्ध
बुधबार, २२ पुस २०७७, १९ : ३३
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद छाड्नुअघि चिनियाँ कम्पनीको लगानी ८ वटा एप्समाथि प्रतिबन्ध लगाइदिएका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी मालिकनाका ८ वटा एप्समाथि प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । प्रतिबन्धित एप्सहरुमा वी च्याट, अली पे लगायत रहेका छन् ।
राष्ट्रपति ट्रम्पले प्रतिबन्ध लगाइएका एप्सहरुमार्फत राष्ट्रिय सुरक्षामा खतरा बढेको आरोप लगाएका छन् । ट्रम्पले जारी गरेको आदेशमा प्रतिबन्ध लगाइएका एप्सहरु ४५ दिनपछि बन्द हुनेछन् । प्रतिबन्ध गरिएका एप्सहरुमा अली पे, टेनसेंट क्यूक्यू, वीमैट, वी च्याट पे, डब्लुपिएस अफिस रहेका छन् । अगष्टमा पनि ट्रम्प प्रशासनले चिनियाँ कम्पनीका केही एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण