भारतबाट भन्सार छली ल्याइएको अवैध सामान बरामद
बिहीबार, २३ पुस २०७७, १४ : ५१
काठमाडौँ – मोरङ जिल्लाको विटारनगर महानगरपालिका–१४ स्थित जतुवा नजिकै भारतको जोगवनीबाट भन्सार छली नेपाल ल्याइँदै गरेको अवैध सामान बरामद भएको छ ।
बुधबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याइँदै गरेको ६४ हजार मूल्य बराबरको लत्ताकपडा तथा खुद्रा सामाग्रीहरु बेवारिसे अवस्थामा फेला पारेको हो ।
प्रहरीले लेडिज बर्को १९ थान, जेन्स भेष्ट १७५ थान, बच्चाको भेष्ट र कट्टु ७६ थान, पेन्टी ४० थान, गाम्छा ४७ थान, कछाड २० थान, लेज १३५ थान, हेप्पीडेन्ट चुइगम ३१ बट्टा, बिस्कुट १ कार्टुन २२ पिस र लक्ष्मण रेखा १२ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण