डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालिन प्रतिबन्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले अनिश्चितकालका लागि बन्द गरिदिएको छ । बुधबार अमेरिकी संसद भवनमाथि भएको हमलापछि फेसबुक र ट्वीटरले राष्ट्रपति ट्रम्पको अकाउन्ट सर्तसहित केही घण्टाका लागि लक गरेको जानकारी दिएको थियो । तर फेसबुकले भने अब ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ ।
फेसबुक कम्पनीका प्रमुख मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरेर अमेरिकी राष्ट्रपति ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका छन् । मार्क जुकरबर्गले विज्ञप्तिमा पछिल्ला २४ घण्टामा भएका अचम्मलाग्दा घटनाहरुले (निवर्तमान हुन लागेका) राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उत्तराधिकारी जो बाइडेनलाई शान्तिपूर्ण र कानुनी रुपमा सत्ता हस्तान्तरण गर्न बाधा पुर्याउन चाहेको देखिन्छ । ट्रम्पले यो प्लेटफर्म प्रयोग गरर आफ्नो समर्थकहरुको निन्दा गर्नुको साटो संसद भवनमा आक्रमण गरेको प्रशंसा गरे ।’ जुकरबर्गले विज्ञप्तिमा ट्रम्पको यस कार्यले अमेरिका मात्र होइन, विश्वभरका मानिसहरुलाई चिन्तित तुल्याएको दाबी गरेका छन् ।
जुकरबर्गले विज्ञिप्तिमा भनेका छन्ः ‘हामीले हिजो उनको बयान हटायौं, किनकि उनको बयानको प्रभाव हिंसा र हिंसालाई उक्साउने खालको थियो । हामी निश्चित छौं कि ट्रम्पलाई यो प्लेटफर्मको प्रयोग जारी राख्न दिँदा धेरै खतरा देखिन्छ । त्यसैले हामीले उनको फेसबुक र इन्स्टाग्राममा अनिश्चितकाल अर्थात कम्तिमा अर्को दुई हप्तासम्म (सत्ता हस्तान्तरण नभएसम्म) प्रतिबन्ध लगाउन निर्णय गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण