पृथ्वीजयन्तीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्दै सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान
२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमबार नेपालका विभिन्न राष्ट्र भाषाहरुका गीतहरुको प्रस्तुति ‘हाम्रो निधिः हाम्रो संस्कृति’ नामक साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा नरेश प्रजापति समूहले नेवारी धुन, सुमन लिम्बू, दिवश पयाङ्गु लगायतको समूहले लिम्बू भाषाको गीत, बन्दना मैनालेले भोजपुरी भाषाको गीत, छेवाङ तेन्जिङ लामा, सीता घ्लान लामा, प्रमला दङ लामा, जुना मोक्तान सोनम लामा, विजय रुम्बा लगायतको समूहले तामाङ गीत प्रस्तुत गर्नेछन् ।
त्यसैगरी शिला विष्ट, बिपिन धिमिरे, दिपेन्द्र बज्राचार्य, तिर्थ पोख्रेल लगायतका समुहले ‘सयथरी बाजा एउटै ताल..’ बोलको गीत, हिमालय शेर्पा समुहले शेर्पा भाषाको गीतको प्रस्तुति दिनेछन् भने कृष्ण गुरुङ, टीका गुरुङ, क्षितिज गुरुङ सहितको टोलीले गुरुङ भाषाको गीत प्रस्तुत गर्नेछन् । यस्तै देवी राम राना मगर, कृष्ण पुन मगर, नन्द घर्ती मगर, बिरता पुन मगर र तुलसा घर्ती मगर सहितको समूहले मगर भाषामा साङ्गीतिक प्रस्तुति दिनेछन् भने सन्जय तुम्रुक र दुर्गा परियारले पूर्वको माया पश्चिमलाई गीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा भरत बुढाथोकी, खड्ग बुढा मगर, देब राई, नरेश प्रजापति, लोकराज राई, कृष्ण गुरुङ, दुर्गा खतिवडा, सुधिर चौधरी, रोहित सुवेदी, सूर्य मगर लगायतको समूहले वाद्यवादनमा गायक गायिकाहरुलाई साथ दिनेछन् ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को हरिप्रसाद रिमाल प्रेक्षालयमा अपरान्ह ३ः०० बजे प्राज्ञ अशोक कुमार राईको संयोजनमा आयोजना हुने कार्यक्रमले नेपालीहरुवीच कायम भावनात्मक एकतालाई अझ मजबुत बनाउने विश्वास प्रतिष्ठानले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण