गीतकार संघमा नयाँ नेतृत्व
आइतबार, २६ पुस २०७७, ११ : २२
काठमाडौं । गीतकार संघ नेपालको अध्यक्षमा शुभ मुकारुङ चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं महाधिवेशन तथा ११ औं साधारणसभाले अध्यक्षमा शुभ मुकारुङलाई चयन गरेको हो । यस अगाडि संघको अध्यक्षमा चुडामणि देवकोटा रहेका थिए ।
महाधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्त वित्यासी थापा, महासचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य, कोषाध्यक्षमा जित बहादुर घले जेबी संयोगी रहेका छन् ।
सदस्यहरुमा सुमि सिंह, शित्तल कादम्बिनी, प्रतिमा श्रेष्ठ, लोकराज अधिकारी, चेतन खतिवडा तथा उमेश राईलाई चयन गरेको छ ।
गीतकार संघको नयाँ कार्यसमिति छनोट गर्दा अध्यक्षमा दुई जना, उपाध्यक्षमा दुई जना, महासचिवमा तीन जना, सचिवमा दुई जना, कोषाध्यक्षमा एकजना र सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण