बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित शंखमुलबाट तीन जना पक्राउ

आइतबार, २६ पुस २०७७, १६ : १७
आइतबार, २६ पुस २०७७

काठमाडौँ – काठमाडौँको शंखमुलबाट प्रतिबन्धित चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दोलखा घर भएका जय बहादुर जिरेल, अर्जुन जिरेल र कैलाली घर एका राज कँडेल छन् । 

आइतबार दिउँसो उनीहरुलाई काठमाडौंका शंखमुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

प्रहरीले चितुवाको छाला कारोबारमा संलग्नलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ वन कार्यालयलाई बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप