३० बढी कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक
काठमाडौं । देशका चर्चित ३० कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतमा संस्कृदबिद्ध सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मका कलाकारको अभिनय रहेको छ ।
सच्चा नेपालीको गुण बनाउने गीतमा देविका बन्दना र राजन इशानको स्वर रहेको छ । आनन्द अधिकारीको शब्द र राजनकै संगीत रहेको गीतमा गीतको भिडियो भने अभिनेत्री अभिनेत्री तथा फिल्म निर्माता रोशनी केसीले निर्देशन गरेकी हुन् ।
लगातार ४ दिन लगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्रमालगायतका स्थानमा छायाँकन भएको भिडियो निकै आकर्षक बनेको छ ।
‘कलाकार जुटाएर कामगर्न एकदमै गाह्रो थियो । तर, आजजताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर दःख उठाए’, निर्देशक केसीले भनिन् ‘गीतले नेता तथा कार्यकर्तालाई पनि झक्झक्याउने विश्वास मेरो रहेको छ ।’
फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मामानन्धर, निर्मल शर्मा, राजारामपौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजनप्रधान, प्रशान्तताम्राकार, आकाशश्रेष्ठ, उषा खड्गी, कविताशर्मा, दीलिप रायमाझी, गायिका देविकाबन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल लगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ ।
रामशरण उप्रेतीको छायाँकन रहेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण