विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल
बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ ।
सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।
केन्द्रका सभापति कृष्णप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वतमान सांसद सुजता शाक्य, लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारू, जिल्ला समन्वय समितिका अध्यक्ष शङ्करप्रसाद थारू, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण