अफगानिस्तानः सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या
अफगानितानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या भएको छ । अधिकारीले यसबारे जानकारी दिएका हुन् ।
अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार दुई महिला एक बहानमार्फत् कार्यालय जाँदै थिए तब बन्दुकधारीले उनीमाथि हमला गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना हटाउन जारी राखेका बीच पत्रकार, समाजिक कार्यकर्ता र राजनीतिक हस्तीलाई निशाना बनाइएको यो ताजा मामिला हो । अब अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २,५०० रहेको छ ।
अफगानिस्तानका उप–राष्ट्रपतिले यो हप्ता बीबीसीसँगको कुराकानीमा भने, ‘पहिल्यैदेखि अस्थिर देशमा अमेरिकी सेना हटेपछि थप हिंसाको आशंका छ ।’
आइतबार के भयो ?
महिला न्यायाधीशमाथि बिहानै घातक हमला भएको हो । यसमा उनीहरुका ड्राइभइर पनि घाइते भए ।
यो घटना काबुलको कला–ए–फतुल्लाह इलाकामा भएको हो । अहिलेसम्म यसको कसैले जानकारी लिएको छैन ।
पछिल्लो हत्याका लागि तालिबानमाथि शंका जताइएको छ तर यी चरमपन्थीले यी हत्याको कुरा स्विकारेका छैनन् ।
तालिबानका प्रतिनिधि तथा दोहामा अफगान सरकारबीच चलिरहेको शान्तिवार्ताका बीच यो टारगेट हत्या भएको हो । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण