कामको तनाव झेल्न नसक्दा अस्पताल गइन् आलिया
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आजकल एकपछि अर्को फिल्मको सुटिङमा व्यस्त छिन् । अत्यधिक काम गर्दाको असर उनको स्वास्थमा पनि परेको छ । पछिल्लो समय निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘गंगूबाई काठियावान्डी’ को सुटिङमा व्यस्त रहेकी आलिया स्वास्थ खराब भएपछि १७ जनवरीमा सर एचएच रिलायन्स अस्पतालमा भर्ना हुनुपर्यो ।
मिडिया रिपोर्टअनुसार यही दिन आलिया अस्पतालबाट डिस्चार्ज पनि भइन् । ठिक भइसकेपछि उनी सोमबार बिहानै अर्थात् १८ जनवरीमा फेरि सुटिङ सेटमा पुगिन् । आलिया अभिनित यो फिल्म विवादमा मुछिएको छ । गंगूबाईका छोराका अनुसार यो फिल्म जुन कितामा आधारित छ, त्यो किताबका केही हिस्सा गंगूबाईलाई बदनाम गर्ने निजी जीवन उल्लंघन गर्ने खालका छन् । त्यसैले फिल्मको सुटिङ रोक्नुपर्ने माग उनले राखेका छन् । ‘गंगूबाई काठियावान्डी’ को परिवारले यस फिल्मको विषयलाई लिएर अदालतमा मुद्दा पनि दर्ता गराएको छ ।
आलिया भट्टको यो फिल्म ११ सेप्टेम्बर २०२० मै सिनेमाघरमा रिलिज हुने तय थियो । यद्यपि, कोरोना भाइरस महामारीका कारण फिल्मको सुटिङ समयमै पूरा हुन सकेन । अहिले आएर फिल्म मेकर्सले आगामी दिपावलीसम्म यो फिल्म रिलिज गर्ने योजना बनाइरहेको चर्चा पनि छ । यस फिल्मबाहेक अयान मुखर्जीको ‘ब्रम्हास्त्र’ र बाहुबलीका निर्देशक एसएस राजामौलाको नयाँ फिल्म ‘आरआरआर’ मा पनि आलिया देखिँदैंछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण