ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष दाहाललाई कारवाही, पोखरेललाई जिम्मेवारी
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ । भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारीअनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोनीलाई चयन गरिएको एक नेताले जानकारी दिए ।
त्यसैगरी ओली पक्षले प्रदेशका जिल्ला अध्यक्षहरु समेत चयन गरेको छ । जिल्ला अध्यक्ष चयन भएकाहरुमा क्रमशः काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङ्गमा भूमि त्रिपाठी, मकवानपुरमा एकलाल श्रेष्ठ, सिन्धुलीमा प्रदिप कट्वाल रहेका छन् ।
त्यस्तै बैठकले माघ २३ गते पार्टीले काठमाडौंमा विशाल जनसभा गर्ने र सो कार्यक्रमका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११११ जनाको कमिटी घोषणा गरेको छ । सो बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टी निर्माणको लागि जनताको बीचमा जानुपर्ने बताएका छन् ।
उनले भने–‘विगतमा पार्टीमा देखिएको अराजक अवस्थालाई पुनरावलोकन गर्दै जानुको विकल्प छैन । ’ पार्टीको एक कार्यकारी पदमा दुई पटकभन्दा बढी र ७० वर्ष कटेपछि बस्न नपाउने विधानको व्यवस्थालाई एकता पछि हटाइनु राम्रो नभएको उनको भनाई छ । कम्युनिष्ट आन्दोलन र पार्टी निर्माणको कामलाई अगाडी लैजाने ऐतिहासिक क्षण आइपुगेको बताउँदै उनले यसका लागि जुट्न सबैलाई आग्रह गरे । कार्यक्रममा नेताहरु आनन्द पोखरेल, महेश बस्नेत, वचन देउजालगायतले एक ढिक्का भएर पार्टी निर्माण लाग्न सबैलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण