अमेरिकी राष्ट्रपति जो बाइडेनले कति पाउनेछन् तलब, कस्ता हुनेछन् सुविधा–भत्ता ?
अमेरिकाका राष्ट्रपति यो देशको सबैभन्दा शक्तिशाली पद हो । स्मरण रहोस्, साधारण सरकारी कर्मचारीजस्तै संघीय कानून अनुसार यो पदका पनि आफ्नै मर्यादा र सीमा निश्चित गरिएका हुन्छन् । अमेरिकी राष्ट्रपतिको तलब र उनका अन्य खर्च पूर्ण रुपमा कानूनले नै निर्धारण गरेको हुन्छ । २० जनवरीमा शपथ ग्रहण गरेपछि जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बन्नेछन् । एक राष्ट्रपतिको रुपमा उनको कति तलब हुन्छ र उनले कस्ता प्रकारको सुविधा पाउनेछन् यसबारे जानकारी लिऔं ।
न्यूयोर्कको वेबसाइट स्टाइ कास्टरका अनुसार अमेरिकी कानून (US Code 3) का अनुसार अमेरिकी राष्ट्रपतिको वार्षिक तलब चार लाख अमेरिकी डलर हो । नेपाली मुद्राका अनुसार यो ४ करोड ६७ लाख रुपैयाँ हो । यसका साथै राष्ट्रपतिले ५० हजार डलरको वार्षिक महँगी भत्ता पनि पाउँछन् । यसबाहेक दुई लाख डलरको भ्रमण भत्ता पनि पाउँछन् ।
अमेरिकी राष्ट्रपतिले यसबाहेक वाषिर्क रुपमा मनोरञ्जनका लागि पनि भत्ता पाउने गर्छ । यो रकम १९ हजार लडर हुन्छ जसलाई उनीहले आफ्ना लागि र आफ्नो परिवारका लागि खर्च गर्न सक्छन् । यस्तै फर्स्ट लेडी अर्थात् राष्ट्रपतिकी श्रीमतीका लागि कुनै तलब तोकिएको हुँदैन ।
सन् १७८९ मा जर्ज वासिङ्टन संयुक्त राज्य अमेरिकाका पहिलो राष्ट्रपति बने, त्यसपछि पाँच पटक तलब वृद्धि भएको छ । पछिल्लो पटक सन् २००१ मा तलब २ लाखबाट चार लाख अमेरिकी डलरसम्म तलब वृद्धि भएको हो ।
राष्ट्रपतिका लागि तलब निश्चित भएपनि यो पदमा आसिन सबै राष्ट्रपतिले तलब स्विकार गरेका छैनन् । पोलिटिको (अमेरिकन पोलिटिकल जर्नलिजम कम्पनी) का अनुसार अमेरिकाका ३१ औं राष्ट्रपति हर्बर्ट हूवर सन् १९१७ मा छानिएपछि आफ्नो तलब अस्विकार गर्ने पहिलो राष्ट्रपति थिए । उनले आफ्नो तलब दानमा दिएका थिए ।
त्यसपछि ३५ औं राष्ट्रपति जोन एफ केनेडी पनि सन् १९६१ मा छानिएपछि आफ्नो तलब अस्विकार गर्ने राष्ट्रपति बनेका थिए । सुरुमा केनेडी कांग्रेसका प्रतिनित्रि सभाका सदस्य थिए त्यसपछि राष्ट्रपति बने तर उनले दुबै पदका लागि तलब लिन अस्विकार गरेका थिए । उनले खर्चको रुपमा ५० हजार अमेरिकी डलर भत्ता स्विकार गरेका थिए । हूवरजस्तै केनेठीले पनि आफू राष्ट्रपति हुँदाको तलबलाई विभिन्न धर्मशालालाई दान दिएका थिए ।
स्मरण रहोस्, तलबका साथै राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिको रुपमा अन्य थुप्रै भत्ता पनि पाउने गर्छन् । यसबाहेक उनलाई लिमोसिन, मरिन वन र एयर फोर्स वनको सुविधा पनि प्रदान गरिन्छ । यसबाहेक राष्ट्रपतिले ह्वाइट हाउसमा निःशुल्क आवास प्राप्त गर्छन् ।
बिजनेस इन्साइडरका अनुसार कार्यकाल समाप्त भएपछि पनि अमेरिकी राष्ट्रपति सरकारी खर्चमा रहन्छन् जसमा लगभग २ लाख डलरको वार्षिक पेन्सन, स्वास्थ्य सेवा, भुक्तानी गरिएको आधिकारिक यात्रा र एक कार्यालय पनि समावेश हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण