प्रदेश १ प्रदेशसभा बैठक : ओली पक्ष रोक्ने दाउमा, प्रचण्ड–माधव प्रतिवादको तयारीमा
काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो २ बजे बस्दैछ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठकमा नेकपाको ओली पक्ष र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ बैठकमा सहभागी हुने तयारीमा लागेका छन् ।
यसअघि ओली पक्षले प्रचण्ड–माधव पक्षका १६ सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको थियो भने प्रचण्ड–माधव पक्षले ८ जना सांसदलाई कारवाही गरेको थियो । आफ्नो पक्षले कारबाही गरेका सांसदलाई प्रदेशसभा बैठकमा प्रवेश नदिन ओली पक्षका सांसदहरु बैठक सुरु हुनुअघि सभामुखसमक्ष डेलिगेशन जाने तयारीमा छन् ।
प्रचण्ड माधव पक्षका सांसद राजेन्द्र कुमार राईले बहुमत पक्षले गरेको निर्णय लागु हुने बताए । उनले ओली पक्षले आफुहरुलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने भनेर प्रोपोगाण्डा मच्चाएको भन्दै यदि निषेध भए प्रतिवाद गर्ने बताए ।
‘हामीलाई बैठकमा सहभागी हुन नदिने भनेर प्रपोगाण्डा चलाएका छन् । यदि साच्चै त्यसो गरे हामीपनि प्रतिवाद गर्छौ । उनीहरुले कारवाहीको कुरा गरे हामी पनि गर्छौ,’राईले रातोपाटीसँग भने ।
उता, ओली पक्षका प्रमुख सचेतक बुद्धीकुमार भण्डारीले कारबाही गरिएका सांसदहरु प्रदेशसभा बैठकमा प्रवेश नपाउने भएकाले सोही अनुसार सभामुखसँग छलफल गर्ने बताए । यो प्रदेशमा प्रचण्ड माधव पक्षले ओली पक्षका मुख्यमन्त्रीसहित आठ सांसदलाई कारवाही गरेको छ ।
गत पुस १० गते ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण