‘ओली प्रतिगमनकारी मात्र होइनन्, महाप्रतिगमनकारी’
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी मात्र नभएर महाप्रतिगमनकारी रहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) (ओली समूह) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि संविधानमा मधेशको अधिकारविना संविधान जारी गरेर प्रतिगमन गरेका थिए भने पछिल्लो समय पुस ५ गते प्रतिगमन गरेको उनले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएकाले त्यसको अन्त्य निश्चित छ ।’
संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले लोकतन्त्रलाई धरापमा पार्ने काम गरेकाले ओलीको पतन एकदमै आवश्यक रहेको बताए ।
संविधान निर्माण गर्नेबेला मधेशीको हत्या गर्ने ओली हत्यारा समेत रहेका भन्दै नेता महतोले मञ्चबाटै केपी ओली मुर्दावाद भनि नारा लगाएका थिए । मधेशका लागि कम्युनिस्ट र काँग्रेस उस्तै–उस्तै पार्टी रहेको भन्दै उनले कम्युनिस्ट र काँग्रेसको विकल्पमा जसपा नेपाल गठन भएको धारणा राखे । उनले भने, ‘मधेशी जनतालाई कम्युनिस्ट र काँग्रेसले विभिन्न लोभमा फँसाउने षड्यन्त्र गरिरहेका छन् त्यसमा कुनै पनि हालतमा फस्नुहुँदेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण