२ वर्षपछि लेनदेन मुद्धाका फरार प्रतिवादि पक्राउ
बिहीबार, ०८ माघ २०७७, १५ : १७
लेनदेन मुद्दामा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्धामा फैसला भई १४ लाख ८० हजार जरिवाना सजाय तोकिएपनि फरार रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी राजेन्द्र केसीलाई पक्राउ गरि अदालत हाजिर गराइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।। २०७५ फागुन ७ गते फैसला भएपनि अहिलेसम्म पनि फैसला बमोजिम रकम दाखिला नगरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ४५ बर्षीय केसीलाई जिल्ला अदालत दाङमा बुझाईएको हो । तुलसीपुर मालपोत कार्यालय नजिक हिडिरहेको अवस्थामा फेला पारेको प्रहरिले जनाएको छ । साथै प्रहरीले अपराधिक क्रियाकलाप गरी तथा घटना घटाई फरार रहेका व्यक्तीहरुको जानकारी पाएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण