२४ घण्टामा थपिए ३ सय २ जना संक्रमित, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३०२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
यसमध्ये २४ घण्टामा काठमाडौँ उपत्यकामा ११२ जना संक्रमित थपिएका छन् जसमा ५३ जना महिला र ५९ जना पुरुष रहेका छन् । नेपालभर काठमाडौँ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौँमा २ हजार ६१, भक्तपुरमा ३७ र ललितपुरमा १७५ जना सक्रिय संक्रमित रहेका छन् ।
यही अवधिमा थप ४८० जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ रहेको छ । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
नेपालमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु संक्रमणमुक्त बनेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९८६ रहेको छ ।
हाल संस्थागत आइसोलेनमा ८७९ जना रहेका छन् भने १५४ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण