भजन सम्राट नरेन्द्र चञ्चलको निधन
शुक्रबार, ०९ माघ २०७७, २२ : ४२
मुम्बई । भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन भएको छ । ८० वर्षका चञ्चलको शुक्रबार बिहान निधन भएको हो । लामो समयदेखि बिरामी रहेका चञ्चलको उपचारको क्रममा दिल्लीको अपोलो अस्पतालमा निधन भएको हो ।
चञ्चल शास्त्रीय संगीतमा मात्र नभएर लोक संगीतमा पनि मानिसको मन जित्न सफल थिए । उनले कयौं प्रसिद्ध भजनको अलवा हिन्दी फिल्ममा पनि गीत गाएका छन् ।
चञ्चलले गाएको फिल्म ‘अवतार’ को भजन ‘चलो बुलावा’ निकै प्रसिद्ध छ । उनले बबी फिल्मको ‘बेशक मन्दिर मस्जिज तोडो’, बेनाम फिल्मको ‘मै बेनाम हो गया’ गीत गाएका थिए । हालै पनि उनले कोरोनालाई लिएर एक गीत बनाएका थिए । जुन चर्चित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण