लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको बताए ।
उनले रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा रकम उपलब्ध गराएकाले भवन निर्माणको कार्यले पूर्णता पाएको बताए ।
कार्यक्रममा स्व कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशिसहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारङ्गी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको गरिएको छ भने पत्रकारिता पुरस्कार सीताराम बडाल, संरक्षक तथा अभिभावक पुरस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ ।
उत्कृष्ट पुरस्कार प्राप्त गर्नेमा गायिका देवी घर्तीमगर र मोडल पिएन सापकोटा रहेका छन् । जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण