सङ्गीतकार राजुलाई दीर्घ साधना, गिरी र वाग्लेलाई रंग पत्रकारिता सम्मान
काठमाडौं । वरिष्ठ संगीतकार राजु सिंह ‘दीर्घ साधना सम्मान २०७७’ बाट सम्मानित भएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता निर्देशक मोहन निरौला, विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर वम लगायतले उनलाई दोसल्ला, फुलमाला र सम्मान पत्रल सम्मान गरेका थिए ।
‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजिक कार्यक्रममा पत्रकारद्वय अनन्त वाग्ले र रातोपाटीकर्मी कुवेर गिरीलाई नगदसहित ‘रङ्ग पत्रकारिता सम्मान २०७७’बाट सम्मानित गरिएको थियो ।
भीष्मराज फुलारा निर्देशन र गीता अधिकारी संयोजक रहेको कार्यक्रममा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतिक, निर्देशक राजु गिरी, राष्ट्र सेवक कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता वस्नेत, माधवराज खरेल, कमला कुमारी जोशी, पूर्णबहादुर राईलगायत समेत सम्मानित भएका थिए ।
समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त, शव परियार, गीतकार डा. डीआर उपाध्याय, अमर वान्तु, जनक रावल, हरि उप्रेती, संगीकार विकास चौधरी सन्तोष श्रेष्ठ, चेतन सापकोटा, शोभा केसी, मोडल बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, आदित्य बुढाथोकी, योगश काजी र सारिका घिमिरे, दृष्टिविहिन सङ्गीतकार रमेश थुप्रै कलाकर्मीले अवार्ड पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण