‘ओ माइ लर्ड’ मा वर्षा र जिवेशको रोमान्स
आइतबार, ११ माघ २०७७, १९ : २१
काठमाडौं । गायिका एलिना चौहान र नव गायक आकाश मगरको स्वर रहेको गीत ‘ओ माइ लर्ड’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक मगरकै संगीत रहेको छ । गायक मगर र दीपक पाठकको शब्द रहेको गीतमा लिलरक लुकको संगीत संयोजन छ ।
युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा अभिनेत्री वर्षा शिवाकोटी र जिवेश सिंह गुरुङको अभिनय देख्न सकिन्छ । रुपेश थापाको छायाँकन सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो विजेश पौडेलले सम्पादन गरेका हुन् । भिडियो जिवेश सिंह गुरुङले निर्देशन गरेका हुन् ।