निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगरौं : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् ।
निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।
संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकास तर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्यो भन्ने बुझाई गलत भएको पनि बताए । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव पर्यो भन्ने अर्थमा बुझ्न नहुने बताए ।
जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधिसभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधिसभा नभई स्थिरता, विकास र समृद्धितर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधिसभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या
-
कोशी प्रदेश : हस्ताक्षर सनाखत सुरु
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित