जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह
एजेन्सी । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिएकी छिन् । बाइडेनले सत्ता सम्हालेपछि सोमबार राति गरिएको पहिलो टेलिफोन कलमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुँदासाथ जर्मनी भ्रमणको निम्ता दिएकी हुन् ।
बाइडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा सपथ खाएपछि मर्केलले जर्मनी अमेरिकी नयाँ नेतृत्वसँग आफ्ना यूरोपेली तथा ट्रान्सएटलान्टिक सहयोगी मुलकसँग मिलेर अन्तर्राष्ट्रिय कामहरू गर्न इच्छुक रहेको उनले बताइन् ।
फोनवार्तामा दुबै नेताले कोभिड–१९ महामारीको सामना गर्न थप अन्तर्राष्ट्रिय प्रयासहरू आवश्यक पर्ने बताएका छन् । भेटबारे जानकारी गराउन जर्मन संघीय सरकारले जारी गरेको वज्ञप्तिमा भनिएको छ, “जर्मन चान्सलरले अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य सङ्गठनबाट नअलग्गिने प्रक्रियालाई अघि बढाएकोमा अमेरिकी धारणाको स्वागत गर्नुभएको छ ।”
उक्त अबसरमा मर्केल र बाइडेनबीच खासगरी इरान र अफगानिस्तानबारे वैदेशिक नीति र व्यापार तथा जलवायु नीतिबारे पनि छलफल गर्नुभएको जर्मनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण