प्रचण्ड-माधवको विरोधसभा अघि गृहजिल्लामा मन्त्री पौडेलको दौडधुप
रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् । यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा ओली पक्षका नेता समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहजिल्ला रुपन्देही आएका छन् ।
मंगलबार बेलुका रुपन्देही आइपुगेका मन्त्री पौडेल विभिन्न विकासे कार्यक्रमको उद्घाटन गर्न रुपन्देही आएका हुन् । रुपन्देही आएलगत्तै भैरहवा विमानस्थालमा प्रेस मिट गरेका पौडेलले बुधबार बिहानैबाट यहाँका पुल तथा सडक शिलान्यास गरेका छन् ।
पौडेलले बुधबारमात्रै बुटवल उपमहानगरपालिका भित्रका तीनवटा पक्की पुलको उद्घाटन गर्न भ्याएका छन् । उनले बुधबार तिनाउ नदीमा निर्माण गरिएका देवीनगर पुल तथा बुटवल र तिलोत्तमा नगरपालिकाको सीमाक्षेत्र मगरघाट पुलसँगै दानव नदीमा निर्माण गरिएको नयांँ गाउँ पुलको उद्घाटन गरेका हुन् ।
०७३ साल साउन ११ गते तिनाउ नदीमा आएको बाढीले देवीनगरस्थित हात्तिसुढदेखि बुद्धनगर जोड्ने झोलुङगे पुल बगाएपछि पक्की पुल निर्माण शुरु गरिएको थियो । सडक डिभिजन कार्यालय बुटवलले निर्माण गरेको यो पुल निर्माण सम्पन्न २०७६ माघ ५ गते नै भएर प्रयोगमा आइसकेको हो । तर,प्रचण्ड माधव पक्षले विरोधसभा गर्नुभन्दा ठिक एक दिनअघि मन्त्री पौडेल उद्घाटन गर्न आइपुगेका हुन् ।
त्यस्तै तिनाउ नदीमा रहेको मगरघाट पुल पनि २०७६ माघ २८ गते नै सम्पन्न भई प्रयोगमा आइसकेको छ । त्यसैगरी नयाँ गाउँस्थित दानव नदीको पुल २०६९ असार २४ गते शुरु भएर २०७६ भदौ ३० गते सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण