जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
काठमाडौं । नेपाली सेना जङ्गी अड्डामा ‘एकीकरण मार्ग कार्यक्रमसबन्धी बृहत् सेमिनार’ गर्ने भएको छ । उक्त मार्गको अवधारणा, नेपालको ऐतिहासिक गढी र किल्लाको सम्पूर्ण जानकारी, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत समसामयिक विषयमा गहन छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानमन्त्री तथा रक्षामन्त्रीले उक्त सेमिनार समापन समारोहलाई सम्बोधन गर्नेछन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले यही माघ २२ गते उद्घाटन गर्ने उक्त सेमिनार माघ २३ र २५ गते सञ्चालन हुनेछ । उक्त सेमिनारमा पुरातत्व, इतिहास र भूगोलविद्, सरकारका उच्चपदस्थ अधिकारी, पर्यटन व्यवसायी, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, उच्च सैनिक अधिकृत, विद्यार्थी र पत्रकारको सहभागिता हुनेछ ।
नेपालको एकीकरणका क्रममा त्यस बेला पृथ्वीनारायण शाह र गोर्खाली सेनाले प्रयोग गरेको बाटोलाई एकीकरण मार्गको नाम दिई सेनाले पछिल्लो उक्त मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी मुलुकको समृद्धिसग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ऐतिहासिक सम्पदाकारुपमा रहेका गढी तथा किल्लाको संरक्षण र सम्वद्र्धन गर्दै राष्ट्रिय एकताको भावना जगाउन योगदान पुगोस् भन्ने हेतुले सेनाले उक्त कार्यक्रम गर्न लागेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छ : अध्यक्ष ढकाल
-
राष्ट्रपतिको सम्बोधनमा कांग्रेसले किन गरेन अवरोध ?
-
संसद्को रमिता कहिले हट्छ ? ‘कांग्रेसलाई सोध्नुस्’ : रवि लामिछाने
-
श्रममा सरकारको नीति तथा कार्यक्रम : नयाँ श्रम गन्तव्य मुलुक खोज्नेदेखि श्रमको अडिटसम्म
-
कांग्रेसबाट संसद्मा अशोभनीय काम भयो : अर्थमन्त्री पुन
-
फैसलाको आशमा उच्च अदालत अगाडि भिड, तस्बिरहरू