जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
काठमाडौं । नेपाली सेना जङ्गी अड्डामा ‘एकीकरण मार्ग कार्यक्रमसबन्धी बृहत् सेमिनार’ गर्ने भएको छ । उक्त मार्गको अवधारणा, नेपालको ऐतिहासिक गढी र किल्लाको सम्पूर्ण जानकारी, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत समसामयिक विषयमा गहन छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानमन्त्री तथा रक्षामन्त्रीले उक्त सेमिनार समापन समारोहलाई सम्बोधन गर्नेछन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले यही माघ २२ गते उद्घाटन गर्ने उक्त सेमिनार माघ २३ र २५ गते सञ्चालन हुनेछ । उक्त सेमिनारमा पुरातत्व, इतिहास र भूगोलविद्, सरकारका उच्चपदस्थ अधिकारी, पर्यटन व्यवसायी, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, उच्च सैनिक अधिकृत, विद्यार्थी र पत्रकारको सहभागिता हुनेछ ।
नेपालको एकीकरणका क्रममा त्यस बेला पृथ्वीनारायण शाह र गोर्खाली सेनाले प्रयोग गरेको बाटोलाई एकीकरण मार्गको नाम दिई सेनाले पछिल्लो उक्त मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी मुलुकको समृद्धिसग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ऐतिहासिक सम्पदाकारुपमा रहेका गढी तथा किल्लाको संरक्षण र सम्वद्र्धन गर्दै राष्ट्रिय एकताको भावना जगाउन योगदान पुगोस् भन्ने हेतुले सेनाले उक्त कार्यक्रम गर्न लागेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण