प्रचण्ड–माधव पक्षले आज बुटवलमा प्रदर्शन गर्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बिहीबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय विरोध कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु बुटवल आउने भएका हुन् ।
प्रचण्ड–नेपालले सम्बोधन गर्नु पूर्व बुटवलका तीन ठाउँबाट र्याली निकाल्ने तयारी छ । ११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।
गोेलपार्कबाट सुरु हुने र्यालीको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने छन् । यस्तै बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने र्यालीको नेतृत्व धनश्याम भुषाल, धनश्याम यादब र नारायण जिसीले तथा जीतगढीको बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् । बुटवलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्याकर्ता ल्याउन सवारीसाधनको व्यवस्था गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण