जापानमा झण्डै सय उडान रद्ध
शुक्रबार, १६ माघ २०७७, १९ : १०
एजेन्सी । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।
जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्ध गरेको जनाइएको छ । धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्ध भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण