मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘औँठी बैना’ मा धिरज र रेश्माको प्रेमकथा

सोमबार, १९ माघ २०७७, १५ : ०६
सोमबार, १९ माघ २०७७

काठमाडौँ । गायक दीपक लिम्बू र मेलिना राईको स्वर रहेको गीत ‘औँठी बैना’ सार्वजनिक गरिएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा विष्णु इङ्नामको शब्द रहेको छ । लोक शैलीमा तयार गीतको भिडियोमा धिरज लिम्बू र रेश्मा सम्बाहाम्फेको अभिनय देख्न सकिन्छ ।

हङकङमा छायाँकन भएको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोको समेत अभिनय रहेको छ । युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ । भिडियोले एक जोडी युवायुवतीको  प्रेमकथा देखाउन खोजेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप