निर्देशक अधिकारीको ‘डेराको जिन्दगी’ शुरु
काठमाडौं । फिल्म निर्देशक राजु अधिकारीले ‘डेराको जिन्दगी’ नामक सिरिजको सुटिङ शुरु गरेका छन् ।
देशका बिभिन्न स्थान काठमाडौ आएर डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरभेटीको आफ्नै ब्याथा लगायतका बिषय समेतेर रिलियल निर्माण गर्न लागेको निर्देशक अधिकारीले बताए ।
मन्सा मन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सीरिजको कार्यकारी निर्माता राजाराम गौतम र सहनिर्माता सचित शाह छन् ।
हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल,सुयोग्य श्रेष्ठ,निक शर्मा,रिया श्रेष्ठ,संजिता भण्डारी,सान अधिकारी,राजाराम गौतम, ,सोनी बिक, सूर्यकला दाहाल,गोकुल सुवेदी,सपना श्रेष्ठ,बिन्दिया शाही,शिवन लामा,सरोज दाहाललगायत बालकलाकार अरुण कालीराजले अभिनय गर्दैछन् ।
५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । जयराम थापाको छायाँकन, मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज केही समयमै दर्शक माझ ल्याइने जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण