शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बाहुबलीका निर्देशकमाथि बोनी कपुरको हमलाः भने, ‘फिल्म अस्विकार गर्दा उनले श्रीदेवीबारे नचाहिँदो कुरा गरेका थिए’

मङ्गलबार, २० माघ २०७७, १३ : ५२
मङ्गलबार, २० माघ २०७७

एकैपटक रिलिज हुन लागेका फिल्म ‘मैदान’ र ‘आरआरआर’ को विवादबीच बोनी कपुर र एस.एस राजामौलीबीचको झगडा बढेको छ । एकातिर जहाँ राजामौलीको यो विवादको विषयमा कुनै प्रतिक्रिया आएको छैन भने अर्कातिर रिपोर्टलाई विश्वास गर्ने हो भने एक तेलुगु समाचार पत्रलाई दिएको अन्तरवार्तामा बोनीले उनीमाथि तिखो हमला गरेका छन् । उक्त अन्तरवार्तामा बोनीले राजामौलीलाई सबैभन्दा अव्यवसायिक फिल्म निर्माता बताएका छन् । यतिमात्रै होइन, उनले बाहुबलीका निर्देशकले उनकी श्रीमती श्रीदेवीविरुद्ध अनावश्यक कुरा गरेको आरोप पनि लगाएका छन् । 

उनलाई सिनियर फिल्म पर्सनालिटिजको सम्मान गर्न आउँदैनः

बोनीले राजामौलीलाई कटाक्ष गर्दै भने, ‘उनी एक यस्ता अनप्रोफेशनल फिल्म निर्माता हुन् जसलाई सिनियर फिल्म पर्सनालिटिजको सम्मान कसरी गरिन्छ थाहा छैन । ’


बोनीले त्यतिबेला उनकी श्रीमती श्रीदेवीले राजामौलीको फिल्म बाहुबलीमा शिवगामीको भूमिका निभाउन किन अस्विकार गरेकी थिइन् भनेर पनि जानकारी दिए । 


बोनीले भने, ‘श्रीदेवीलाई स्क्रिप्ट मन परेको थियो र उनले आफ्नो इनपुट पनि दिएकी थिइन् । राजमौलीले मलाई मेसेज गरेर श्रीदेवीको इनपुट निकै राम्रो भएको पनि बताएका थिए । यद्यपि, जब श्रीदेवीले पारिश्रमिक कम भएका कारण फिल्म अस्विकार गरिन् तब उनले अनावश्यक कुरा गरे । श्रीदेवी ठूलो स्टार थिइन् । उनी कम पैसामा काम गर्नका लागि कसरी तयार हुन सक्थिन् ?’

यो हो पूरा मामिलाः

अघिल्लो हप्ता एस.एस राजामौलीले उनको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ यसै वर्ष १३ अक्टोबरमा रिलिज हुने घोषणा गरेका थिए । जबकी बोनी कपुरले ६ महिना अघि नै उनको अजय देवगन स्टारर मैदान १५ अक्टोबरमा रिलिज हुने घोषणा गरिसकेका थिए । 

जुनियर एनटीआर र राम चरण स्टारर आरआरआरमा पनि अजय देवगनको महत्वपूर्ण भूमिका भएका कारण बोनीलाई लाग्छ कि उनीसँग छलफल नगरी राजामौलीले आफ्नो फिल्मको रिलिज डेटबारे घोषणा गर्नु अनैतिक हो । उनले एक अन्तरवार्तामा यतिबेला पूरा इन्डष्ट्रि एकसाथ हुनुपर्ने साटो राजमौलीको यस्तो व्यवहार गर्नु अनुचित भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप