वैशाखमा निर्वाचन हुने कुनै सम्भावना छैनः बाबुराम भट्टराई
मङ्गलबार, २० माघ २०७७, १९ : २३
अर्घाखाँची । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा प्राप्त उपलब्धिको रक्षाको लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताएका छन् । उनले अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए ।
अध्यक्ष डा. भट्टराईले जनताको मतबाट निर्वाचित प्रतिनिधिसभा विघटन गरेर जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भएको बताउँदै वैशाखमा निर्वाचन हुने कुनै सम्भावना नरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण