आमहड्तालले प्रदेश २ को जनजीवन प्रभावित, १७ जना बन्दकर्ता पक्राउ
बिहीबार, २२ माघ २०७७, १२ : ०२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालको प्रभाव प्रदेश २ को ८ वटै जिल्लामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विरोधमा प्रचण्ड–माधव पक्षले आमहड्तालको घोषणा गरेको हो । बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
हड्तालका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी सहितका सदरमुकाममा बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता बन्द बन्द गराउँदै हिँडेका छन् । सो क्रममा पर्सा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
आमहड्तालले प्रदेश नम्बर २ मा लामो तथा छोटो दुरीका सवारी साधनसहित विद्यालय, कलकारखाना लगायतका क्षेत्रहरु ठप्प भएका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण