बीमा समितिका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन नवनियुक्त बीमा समितिका अध्यक्ष शिवप्रसाद सिलवाललाई निर्देशन दिएका छन् । बिहिबार नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बीमा क्षेत्र देखिएका यावत समस्या हल गर्दै आफ्नो कार्यकालमा बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न समेत नेतृत्वलाई निर्देशन दिएका हुन् ।
सो क्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको सुधारका लागि आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्न अर्थ मन्त्रालयले तयार रहेको समेत बताए । उक्त अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नुपर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए । प्रतिउत्तरमा बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले वीमा क्षेत्रको सुधारका लागि आफु खरो रुपमा उत्रने बताउँदै बीमा क्षेत्रको सुधारमा फास्ट ट्रयाकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो क्षेत्रमा तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा आपूm प्रवेश गर्ने समेत उनले बताए ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण