विकसित राजनीतिबारे टेलिफोन संवादः तत्काल काठमाडौं आउन पौडेललाई देउवाको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे टेलिफोन संवाद भएको छ । तत्काल केन्द्रीय कार्यसमितिको बैठकमार्फत पार्टीको आधिकारिक धारणा तय गर्नेबारे देउवा र पौडेलबीच टेलिफोन वार्ता भएको हो । गृहजिल्ला तनहुँमा रहेका नेता पौडेलले विहिबार बिहान सभापति देउवालाई टेलिफोनमार्फत पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफलका लागि तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेको जानकारी दिए ।
देउवासँगको कुराकानीपछि नेता पौडेलले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्। संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ती त्यसेको पछिल्लो कडि हो।’ यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक रहेको पौडेलको भनाइ छ । ‘मैले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु’ पौडेलले लेखेका छन् ।
यस्तै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दुई नेता पार्टी बैठक डाक्ने विषयमा कुराकानी भएको बताए । भानुकाअनुसार सभापति देउवाले नेता पौडेललाई तत्काल राजधानी आउन आग्रह गर्दै बसेर बैठकको तिथि, मिति र एजेन्डा तय गरिने बताएका थिए । प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक कदम लिएपछि नेकपा प्रचण्ड–नेपाल समूह आम हडतालसम्म उत्रिएको छ । ओली समूह पनि शक्ति प्रदर्शनमा रहेकोले मुलुक मुडभेडमा जाने खतरा बढिरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण