यी नायिकासँग एक व्यक्तिले मागे नग्न फोटो, सेयर गरिदिइन् यस्तो तस्बिर
सोसल मिडिया एउटा यस्तो प्लेटफर्म हो जहाँ सेलिब्रिटी आफ्ना प्रशंसकसँग जोडिने गर्छन् । आफ्नो विचारलाई मानिसहरुमाझ साझा गर्छन् । बलिउड सेलिब्रिटीलाई सोसल मिडियामा लाखौं करोडौंले फलो गर्छन् । यद्यपि, यी प्लेटफर्ममा सेलिब्रिटीले अत्यधिक ट्रोलिङको सामना पनि गर्नुपर्छ । साउथ र बलिउड नायिका पूजा हेगडे सोसल मिडियामा निकै सक्रिय छिन् । हालै उनले प्रशंसकसँग ‘पोस्ट अ फोटो अफ’ ट्रेन्डमार्फत् कुरा गरिन् । यतिबेला एक व्यक्तिले उनीसँग नग्न फोटोको माग गरे ।
पूजा हेगडे आफ्नो इन्स्टाग्राम स्टोरीमा तस्बिर सेयर गरेर प्रशंसकसँग कुरा गरिरहेकी थिइन् । त्यति नै बेला एक प्रशंसकले उनको नग्न फोटो माग गरे । यसमा नायिकाले निकै रोचक जवाफ दिइन् । पूजाले नग्न फोटोको माग गर्नेलाई आफ्नो नाङ्गो खुट्टाको तस्बिर पोस्ट गरिदिइन् ।
नग्नबाहेक पूजालाई विभिन्न प्रकारको फोटोको माग गरियो । एकजनाले उनलाई बिकिनी तस्बिर पोस्ट गर्न भने । उनले आफ्नो बिकिनी तस्बिर पनि पोस्ट गरिन् । यसका साथै प्रशंसकले उनीसँग अचम्मको पल र मेकअप बिनाको तस्बिर पनि सेयर गर्न भने । नायिकाले आफ्नो प्रशंसकको माग पूरा पनि गरिन् । सेसन समाप्त भएपछि उनले लेखेकी छिन्, ‘यो ट्रेन्ड निकै रमाइलो थियो । सबैलाई प्रतिक्रियाका लागि धन्यवाद । मैले जति सकेँ सबैको फोटो खोज्ने कोसिस गरेँ ।’
कामको कुरा गर्नु पर्दा पूजा हेगडे साउथकी शीर्ष नायिकामध्ये एक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण