सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुमन बैरागीको ‘गालैको कोठीमा’ सार्वजनिक

शुक्रबार, २३ माघ २०७७, १२ : ५१
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । गीतकार सुमन बैरागीको शब्द रहेको डान्सिङ गीत ‘गालैको कोठीमा’ सार्वजनिक भएको छ । गायिका रुचि घिमिरको स्वर रहेको गीतमा भीम बिसीको संगीत छ । गीतको संगीत संयोजन पुष्कर सुनुवारले गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा अन्जु विश्वकर्मा, सन्तोष मगराती, रोबर्टसिंह बडैलाको अभिनय देख्न सकिन्छ । सिलन लम्सालको सम्पादन रहेको भिडियोकोद जी.बी.आग्रीले निर्देशन गरेका हुन् ।

गीतकार बैरागी १११ गीतहरुको संग्रह रहेको पुस्तक बजारमा ल्याउने तयारीमा छन् । जसमा लोकप्रिय गीतहरु सलल बगेको पानी, राइफलको सिरानी, परदेशको पीडा, नजलाइदेउ मुटु, तिम्ले सधै पीडा दियौ गीत रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप